देश

म्याद सकिएका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप्यो

जगत ठाडा मगर
२०७८ साउन ३१ | बिहान १०:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका नौ वटा भ्रातृ संघ संस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।

म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ,नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल तरुण दल, नेपाल आदिवासी जनजाती संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको छ ।

नेपाली कांग्रेसका जम्मा १३ वटा भातृ संस्थाहरु रहेका छन् ।

कमेन्टहरु