इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो

एजेन्सी
२०८२ चैत्र ६ | मध्यान्ह १२:१२ बजे

तेहरान । इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ ।
त्यसैगरी १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।
द्वन्द्व सुरु भएयता एचआरएएनएले निरन्तर रूपमा मानवीय क्षतिको विवरण अद्यावधिक गर्दै आएको छ । बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बनेको भन्दै मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।






















