अपराध

नवलपरासीमा प्रतिबन्धित लागुऔषध बेवारिसे अवस्थामा बरामद

नवलपुर टुडे
२०८२ चैत्र ६ | बिहान १०:१२ बजे

परासी । पश्चिम नवलपरासीमा नेपाल सशस्त्र प्रहरी बल नेपालद्वारा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध बेवारिसे अवस्थामा बरामद गरेको छ । पालिनन्दन गाउँपालिका–५, भगतपुरा सीमा क्षेत्रमा प्रतिबन्धित लागूऔषध बरामद गरेका हुन । बरामद प्रतिबन्धित लागुऔषध Phenergan, Buprenorphine तथा Diazepam रहेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पालिनन्दन गाउँपालिका–५, भगतपुरा नजिकै सीमा क्षेत्रमा लुकाई राखिएको ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको गुल्मपति (डीएसपी) प्रमोद खड्काले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।

उक्त अपरेशनको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक (SI) माधव घिमिरेले गर्नुभएको थियो। नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा करिब ५ हजार १०० भन्दा बढी प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको हो । 

घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको डिएसपी खड्काले बताउनुभयो। बरामद गरिएको लागूऔषधलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

 

कमेन्टहरु