तीन वर्षदेखि फरार ईन्द्रिजित बिन पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ३० | मध्यान्ह ०८:०४ बजे

बिनोद निगम
नवलपरासी / ३० साउन , पश्चिम नवलपरासी प्रहरीले ३ बर्षदेखि फरार रहेका एक जना अभियुक्त पक्राउ गरेको छ । नवलपरासी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा फैसला भई तत्काल १० बर्ष एक महिना, ८ दिन कैद सजाय र एक लाख जरिवाना तोकिएका प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय ईन्द्रिजित बिन पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले पूर्वी नवलपरासीको विजयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । बिनलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालतमा पेश गरिने डिएसपी लामाले बताउनुभयो






















