संचारकर्मीद्वाेय सुरेश यादव र विनाेद मण्डलद्वारा एक बालिका उद्धार

नवलपुर टुडे
२०७८ साउन ३० | मध्यान्ह ०२:०४ बजे

सिरहा,नवलपरासी/ साउन ३० । सिरहा जिल्ला स्थित लहान नगरपालिका ७ उधाेग वाणिज्य संघ,लहान जाने बाटाेमा अलपत्र अबस्थामा एक जना बालिकाको उद्दार भएको छ । हाल उनलाई सामुदायिक रेडियो सौगात ८८.१ मेगाहर्जका स्टेसन म्यानेजरले रेडियाेकाे कार्यालयमा राखिएकाे छ ।

बालिका को उद्दारपछि पत्रकारद्वाेय यादव र मण्डललाई खवर गएकोमा उहाँहरुले ईलाका प्रहरी कार्यालय लहानमा जानकारी गराउनु भयाे । सप्तरी जिल्ला स्थित भारदह भन्ने ठाउँको राेहना खातुन नामकाे एक बालिका हिजाे बेलुका तरकारी किन्न निस्केको बेला वेपत्ता भईकि थिन् ।
त्यो बालिकालाई पत्रकार द्वाेय यादव र मण्डलले रेडियाे सौगातबाट ईलका प्रहरी कार्यालयमा लागि प्रहरीलाई बुझाउनु भएको छ ।























