नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु

जगत ठाडा मगर
२०७८ साउन ३० | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ ।

अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक संचालन भएको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि उपस्थित सबै सदस्यहरुले कोरोनाको परीक्षण पनि गरिएको थियो ।
























