नवलपुरको कावासोती नगरपालिका र देवचुली ११ को प्रशासनिक नयाँ भवन उद्घाटन


नवलपुर । कावासोती नगरपालिकाको निर्माण सम्पन्न भएको प्रशासनिक भवन उद्घाटन गरिएको छ ।
नगरपालिकाको सुबिधा सम्पन्न भवन १२ करोड लगानीमा निर्माण भएको हो । उक्त भवनको उट्घाटन नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले नागपञ्चमीको दिनको शुभ मुहुर्त पारेर प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको हो । भवनबाट शुक्रबारदेखि नै काम शुरु गरिएको छ ।
निर्माण सम्पन्न भवनमा पार्किङका लागि एक तला अण्डरग्राउण्ड र प्रशासनिक र विभागीय शाखा कार्यालय प्रयोजनका लागि तीन तला सुविधासम्पन्न भवन बनेको हो । प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुन, नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा उद्घाटन भएको हो ।
यस्तै, शुक्रवारै देवचुली नगरपालिका वडा नं ११ को वडा कार्यालय भवन उद्घाटन भएको छ । नगरप्रमुख पूर्णकुमार श्रेष्ठले भवन उद्घाटन गरे ।
उद्घाटनमा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख पावता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, वडाका जनप्रतिनिधि लगायतको सिमित उपस्थिति रहेको थियो ।
भवन सम्पन्न गरि ०७७ सालकै भदौ १ गतेदेखि सेवा प्रवाह भएपनि कोभिडको कारणले ढिलैगरी उद्घाटन गरिएको वडाध्यक्ष रमेश बहादुर ठाडा मगरले बताए ।
सत्र वटा वडा रहेको देवचुली नगरपालिकामा १४ वटा वडाका प्रशासनिक भवन निर्माण भएका छन् ।






















