देश

पाल्पामा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन ३० | बिहान ०९:०४ बजे

पाल्पा । पाल्पाको रब्दीकोट गाउँपालिका-६ ठिमुरेस्थित तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो।

कर्णबहादुरले आफ्नो घरदेखि करिब सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको बयान प्रहरीसमक्ष दिएका छन् ।

कर्णबहादुरलाई एक नाले भरुवा बन्दुकसहित पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु