देश

लुम्बिनी प्रदेशमा चेम्बर अफ कमर्स समितिको अध्यक्षमा पोखरेल

जगत ठाडा मगर
२०७८ साउन ३० | बिहान ०९:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशमा चेम्बर अफ कमर्स समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् । प्रदेश समितिको प्रथम साधारण. सभा तथा अधिवेशनपछि चेम्बरको केन्द्रले पोखरेललाई अध्यक्ष मनोनित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिवमा जे. पी. कंडेल (रूपन्देही), कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया), यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही),जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित भएका छन् ।

यस्तै रुपन्देहीका मन्जु पराजुली र शिव ज्ञवालीलाई पनि मनोनित गरिएको छ ।

कमेन्टहरु