कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए पदबाट सामूहिक राजीनामा

जगत ठाडा मगर
२०७८ साउन ३० | बिहान ०८:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
शुक्रबारको केन्द्रिय कमिटी बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै राजीनामा दिएका हुन् । पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने `विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।´
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा जारी रहेको छ ।






















