देश

सिरहामा मधेस मिडिया मिशनद्धारा ३ दिने जनबोली पत्रकारीता तालिम सुरु

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०९:०४ बजे

महेश सिंह
सिरहा लहान, २९ श्रावण । सिरहाको लहानमा तिन दिने पत्रकारीता तालिम सुरु भएको छ।नेपाल पत्रकार महासंघ र मधेश मिडिया मिशन नेपालको संयुक्त आयोजनामा तालिम सुरु भएको छ।
photo 2021 08 13 21 40 10

तालिममा विभिन्न जिल्लाका ७० जना सहभागिहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ सिरहाका सचिब शिब दयाल यादवले जानकारी दिनुभयो ।

उक्त तालिम लहानको उधोग बाणिज्यसंघको सभाहलमा सुरु भएको छ।तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका निर्वमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले गरिरहनु भएको छ।
photo 2021 08 13 21 40 12

तालिमको उदघाटन शत्रमा वरिष्ठ मानव अधिकारकर्मि राज कुमार राउत,नेपाल पत्रकार महासंघ सिरहाका वर्तमान अध्यक्ष मनोज बनैता,पत्रकार महासंघ सिरहाका कोषा अध्यक्ष बिरेन्द्र प्रसाद नेपाल तथा पत्रकार महासंघ सिरहाका कार्यसमिति सदस्य महेश सिंह जनता समाजबादी पार्टी नेपालका युवा नेता हरि नारायण मंण्डलका अनुसार नगर लाई पहिचान को रूपमा लगनलाई र पत्रकारको झनडा बुलन्द गर्न आग्रह गर्दै अगाडि बढनु पर्ने समाजलाई जागरुकता ल्याउन आग्रह गरेका थिए। समाजमा परिवर्तन ल्याउन जनबोली पत्रकारीता तालिम सुरु गरेको हो। कार्यक्रममा करिब ७० जनाले तालिम लिई रहेको आयोजकले जानकारी दिनु भयो ।

कमेन्टहरु