वृन्दावन नगरपालिको नगर प्रमुख रामसनेही यादवद्वारा स्वास्थ्य चौकीको उदघाटन


राजेश पासवान
रौतहट । नगर प्रमुख रामसनेही यादवको प्रमुख अथित्यतामा एक कार्यक्रम का बीच सो स्वास्थ्य चौकीको उदघाटन गरिएको हो । नगरपालिकाका नगर प्रमुख रामसनेही यादव, र नगर उप प्रमुख नुरजहाँ खातुनले संयुक्त रूपमा पानस बत्ती बालेर सो स्वास्थ्य चौकीको उदघाटन गर्नु भएको हो।

वडा अध्यक्ष सिकिन्द्र पटेलको विशेष पहल तथा नगर प्रमुख यादवको सक्रियता मा सो स्वास्थ्य चौकीको स्थापना भएको छ।उक्त स्वास्थ्य चौकीको उदघाटन कार्यक्रममा बोल्दै मेयर यादवले भन्नुभयो यो स्वास्थ्य चौकीको स्थापना नगरपालिका भित्रका सातौं स्वास्थ्य चौकीको स्थापना रहेको छ। यस भन्दा अगाडि यसै नगरपालिका भित्र ६ ओटा स्वास्थ्य चौकीको स्थापना भइसकेको । र बाकि दुईवटा वडाहरुमा पनि धेरै छिटो संचालन गराउने प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छु भन्दै प्रतिबद्धता जनाएकाछन।
त्यसैगरि सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव ले पनि वडा नम्बर २ मा स्वास्थ्य चौकी संचालनमा आएकोले आफू अत्यन्तै खुसी रहेको भन्दै सो स्वास्थ्य चौकी बाट वडा नम्बर २ लगायत सो वडाको नजिकमा पर्ने अरु अरु वडाको सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने बताउनु भयो । कार्यक्रममा उपस्थित सम्पूर्णले स्वास्थ्य चौकीको सफलता को कामना समेत गरेका छन।
उक्त स्वस्थ्य चौकी स्थापना तथा उदघाटन क्रायक्रमा नगरप्रमुख रामसनेही यादव,नगर उपप्रमुख नुरजहाँ खातुन, प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव,वडा अध्यक्ष सिकिन्द्र पटेल,हरेक वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखाका कर्मचारीहरु, विभिन्नपार्टीका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवी तथा स्थानिय बासी हरुको पनि सहभागीता रहेको थियो।






















