`निर्वाचन सम्पन्न मात्रै गर्नु सरकारकाे दायित्व हाेकी ?, जनताको सुरक्षा गर्नु पनि !´ : मुक्ति गैरे


काठमाडौं । निर्वाचन सम्पन्न मात्रै गर्नु सरकारकाे दायित्व हाेकी ?, जनताको सुरक्षा गर्नु पनि ! भनेर सरकारलाई विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले प्रश्न गरेका छन् । उनले देशको पछिल्लो अवस्थालाई चित्रण गर्दै न्यायका लागि उठ्न समेत आग्रह गरेका छन् । उनलेे सरकारलाई गरेको प्रश्न `निर्वाचन सम्पन्न भए यता देशै भर झण्डै आधि दर्जन कहालीलाग्दा घटनाहरु घटि सकेका छन् ।
कहि दलित भनेर, कहि बत्लकार गरेर, कहि विद्यार्थीहरुलाई बन्धक एवं अपहरण गरेर र अज्ञात बनाएर मृत शरिरहरु फेला परिरहेका छन् । निर्वाचन सम्पन्न मात्रै गर्नु सरकारकाे दायित्व हाेकी ?, जनताको सुरक्षा गर्नु पनि ! यस्ता जघन्य अपराधका घटनाहरु घटाउनेहरुलाई तत्काल कारबाहीकाे माग गर्दछौं । पिडित परिवारहरुलाई न्यायकाे प्रत्याभूति दिलाउन जाेडदार माग गर्दछौं । न्यायका लागि उठाैं ।´






















