देश

वीरगञ्ज उच्चअदालतको आदेश : बीपी उद्यानको जग्गामा पार्किङ निर्माण र ठेक्कासमेत नदिन अन्तरिम आदेश

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०७:०४ बजे

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ।
photo 2021 08 13 19 27 11

सो मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न भनी अन्तरिम आदेश दिएको हो।

अदालतले उक्त जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिनेसमेत काम कारबाही नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको हो।

शुक्रबारको पेसीमा रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र देवेन्द्र लाल नेपालीसहितले बहस गरेका थिए।

photo 2021 08 13 19 27 12

घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा असारतिर पार्किङस्थल निर्माण गर्न थालिएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

बीपी उद्यानको जग्गामा उद्यानबाहेक अन्य संरचना बनाएको भन्दै वीरगञ्जका धीरज गुप्ताले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा असार २८ गते रिट निवेदन दर्ता गराएका थिए।

बी.पि.उधानको मुद्दामा आज मिति २०७८ श्रावण २९ गते को पेशीमा निबेदन माग सहितको दाबीमा उच्च अदालत अस्थाई इजलाश बिरगंजद्वारा बि• पि• उधान बनाउने बाहेक का अन्य कुनै सवारी पार्किंग निर्माण गर्ने तथा ठेका दिने समेत को काम कार्यवाही नगर्नु नगराउनु भनी बिपक्षीहरु को नाउँमा अन्तरिम आदेश जारी । आजको पेशीमा रिट निबेदकको बहस गरिदिनु भएका बरिष्ठ अधिवक्ता देवेंद्र लाल नेपाली,अधिवक्ता त्रय शैलेन्द्र चौरसिया, पन्नालाल गुप्ता एवंम राम नारायण प्रसाद कुर्मी हुनुहुन थियो।

कमेन्टहरु