देश

विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०७:०४ बजे

रामनारायण यादव
जनकपुरधाम, २९ साउन । विद्यालयबाट कम्प्युटर चोरी गरेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्वर ८ बस्ने ५० वर्षीय रामप्रकाश महतो र सोही ठाउँका अन्दाजि २८ वर्षीय बुधन महतोे रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्र टोलिले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्वर ४ बस्ने २५ वर्षीय प्रमोद कुमार महतोको घरमा बिहीबार साँझ प्रहरीले फेला जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो घटना गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका वडा नम्वर २ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

प्रहरीका अनुसार विद्यालयबाट चोरि भएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । सोही आधारमा उनीहरुललाई पक्राउ गरेको हो ।
‘कम्प्युटरको सीपीयू र मोनिटर कपडामा बाँधेर महतोले घरपछाडिको गोठमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।’ पक्राउ परेका तीनै जना जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

कमेन्टहरु