देश

५ किलो यार्सागुम्बासहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०४:०४ बजे

हुम्ला । हुम्ला प्रहरीले ५ किलो ३ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ११:३० बजे विमानस्थलमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्काका ३१ वर्षीया नुर्बु तामाङलाई पक्राउ गरेको हो ।

झोलामा बोकी ल्याएको पोका शंका लागी चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा ५ केजी ३ सय ग्राम यार्सागुम्बासहित प्रहरीले पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ गरिएका तामाङलाई जिल्ला वन कार्यालय हुम्लामा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु