देश

नक्कली प्रहरी बनेर कुटपिट गरी रकम असुलेको आरोपमा दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०३:०४ बजे

झापा । झापामा ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा बिहीबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ऊनीहरु कनकाई नगरपालिका-७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

गत साउन ११ गते बिर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर उप्रेती र खत्रीले आफूहरु सादा पोशाकका प्रहरी भएको धम्क्याउँदै राजवंशीको साथमा भएको एक हजार १०० लिएर गएको र फेरि साउन १४ गते पुन: उनीहरुले राजवंशीको छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर कुटपिट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उप्रेती र खत्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

कमेन्टहरु