मौसम

आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

नवलपुर टुडे
२०८२ फाल्गुन २५ | बिहान ०९:११ बजे

काठमाडौँ, फाल्गुन २५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ।

आज कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कमेन्टहरु