देश

एमसीसी खारेज गर्न एमालेकी सांसद निरु पालको माग

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गरेकी छिन् ।

सांसद पालले शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमसीसीमा उल्लेखित प्रावधानहरु राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । तर उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् ।

सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न उठाईन । उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावमा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् ।´

उन `एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र ? दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ´भन्दै एमसीसी विरुद्ध खनिए ।

सांसद पालले थप्दै यदि एमसीसी संसदबाट पारित भएको खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसीसीबाट अनुमति लिनुपर्नेछ । यिनै आधारहरू काफी छैनन् र ? एमसीसी खारेज गर्नका लागि ? विकासका लागि भन्दै सहायताका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य नरहेको बताइन् ।

कमेन्टहरु