देश

सिरहाबाट लागूऔषध सहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०१:०४ बजे

सिरहा, २९ साउन । प्रहरीले लागुऔषध सहित एक जनालाई बिहीबार साँझा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवान्नकारकट्टि गाउँपालिका वडा नम्वर ३ परिहारपुर बस्ने ३० वर्षीय घुरन यादब रहेको प्रहरीले जनाएको छ ।

उनलाई लागूऔषसहित सिरहाको लहान नगरपालिका वडा नम्वर ७ तिनकुनेबाट इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले स.१ ह ६२५ नम्वरको सिटि रिक्सालाई चेकजाँच गर्दा सिटि रिक्साको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई रााखिएको अवस्थमा लागूऔष बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका यादवको साथबाट चेकजाँचका क्रममा फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाईजिल्याप ९७ एम्पुल गरी जम्मा २९१ एम्पुल लागूऔषध बरामद गरिएको उनले बताए ।

कमेन्टहरु