सप्तरीमा पोखरीमा डुबेर चौधरीको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह १२:०४ बजे

सप्तरी, २९ साउन । सप्तरीमा पोखरीमा डुबेर बिहीबार साँझ एक युवकको मृतयु भएको छ । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्वर २ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । घटनाको बारेमा अनुन्धान भई रहेको प्रहरीले जनाएको छ ।






















