देश

नवलपरासी–१ मा रास्वपाका खनाल विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २४ | बिहान ०७:११ बजे

नवलपरासी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विक्रम खनाल विजयी भएका छन् । आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणामानुसार ४५ हजार २४१ मत ल्याउँदै उनी सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमदेवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ मत पाए । जनता समाजवादी पार्टी नेपालका उमेदवार हृदयेश त्रिपाठी सात हजार ८३२ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
 

कमेन्टहरु