अछाम–१ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०५:११ बजे

अछाम, फागुन २३ गते । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३८६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३७ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख छ ।
विजयी स्वाँर अछाम जिल्लाका पूर्व जिविस सभापति र नेपाली कांग्रेस अछामका पूर्व सभापति हुनुहुन्छ ।






















