कञ्चनपुर–२ मा भारी मतका साथ रास्वपाका बोहरा विजयी


कञ्चनपुर, फागुन २३ गते । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपकराज बोहरा विजयी हुनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ६५ हजार ३४७ मतको ५२ प्रतिशत अर्थात ३३ हजार,९५२ मतसहित रास्वपाका नेता बोहरा विजयी हुनुभएको हो ।
सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार, रास्वपा उम्मेदवार बोहराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता पूर्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गर्नुभयो । नेता साउदलाई रास्वपाका नेता बोहराले २३ हजार १२५ मतान्तरले पराजित गर्नुभएको हो ।
त्यसै गरी, नेकपा (एमाले)का नेता वचन बहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गर्नुभयो भने, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गर्नुभयो । क्षेत्र–२ मा पहिलो पटक ठुला दलका उम्मेदवारलाई पराजित गर्दे रास्वपा विजयी भएको हो ।






















