समाचार

कैलाली निर्वाचन क्षेत्र ५ मा रास्वपाका चन्द विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०५:११ बजे

चौमाला (कैलाली), फागुन २३ गते। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुनुभएको छ । 

१ लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा  ६५ हजार ९६३ मत खसेको थियो। चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै जित हात पार्नुभएको हो । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ११ हजार ९५८, नेकपाका प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गर्नुभयो । यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो । विजयीपछि चन्दले सबैको जित भएको बताउनुभयो। 

कमेन्टहरु