देश

केपी ओ‌लीलाई झन्डै ५० हजार मतान्तरले पछि पार्दै बालेन विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह फराकिलो मतान्तरले विजयी भएका छन्। शनिबार साँझ आएको अन्तिम परिणामअनुसार शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७ सय ३४ मतमा खुम्चिएका छन्। शाहले ओलीलाई ४९ हजार ६ सय १४ मतले पराजित गरेका हुन्। श्रम संस्कृति पार्टीका समिर तामाङ ९ हजार २ सय ३३ मतसहित तेस्रो भएका छन्।

कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८ सय २१ मत ल्याएकी छन् भने नेकपाका रञ्जित तामाङले १ हजार ४ सय ६१ मत ल्याएका छन्।  राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५ सय ३६ मत ल्याएका छन्।

कमेन्टहरु