निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको मतगणनामा काँग्रेसका गिरी अग्रता कायम

उमेश रोकाया
२०८२ फाल्गुन २३ | बिहान १२:११ बजे

बाजुरा, फागुन २३ । यही फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यको मतगणना जारी रहेको छ । जिल्ला समन्वय समिति बाजुरामा शुक्रबार बेलुकी ७ बजेबाट सुरु भएको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ ।

हिमाली गाउँपालिका बाट सुरु भएको मतगणमा नेपाली काँग्रेसले सुरुवातीमै अग्रता कायम गरेको छ । काँग्रेसलाई पच्छ्याउँदै नेकपा एमाले पछि रहेको छ । हिमाली गाउँपालिकाको एघार मतदान केन्द्रको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरीले ७ सय ५९ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।

उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १११० मत पाएका छन् । ३६ हजार सय १३ मत गणना हुँदा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाहले १७८ र रास्वपाका हेमराज थापाले ३२९ मत पाएको छन् । 

कमेन्टहरु