कर्मचारी दिनेश बुढाथोकीलाई नेकपा एमालेका वडाअध्यक्ष राम बहादुर थामी (बिकास) को संरक्षण


दोलखा । दोल्खा खोपाचागु साबिक १/२ थामीचागु स्वास्थ इकाई केन्द्रमा कार्यरत कर्मचारी दिनेश बुढाथोकी कार्यालय समयमा कार्यालय बन्द गरि नेकपा एमाले पार्टी बिस्तारको कार्यक्रममा सहभागी भएको समाचार यस मिडियाद्वारा सार्बजनिक गरिएको थियो ।

समाचार सार्बजनिक भए पश्चात् स्वास्थ इकाई केन्द्रमा कार्यरत कर्मचारी दिनेश बुढाथोकी हाम्रो यस मिडियाको सम्पर्कमा आयो । स्थानियको गुनासो जस्ताको तस्तै हामिले राखेका थियौ । उनले समाचारको खण्डन गर्दै सत्यता नभएको र एक दुई जना स्थानियले आफ्नो चरित्र हत्या गर्ने भ्रम फैलाउन मिडियाबाजी गरेको र उक्त आरोप सबै झुट रहेको बताए । तर स्थानीयले सेवाग्राहीलाई सेवा दिने सत्ता कार्यालयनै बन्द गरेर पार्टीको कार्यक्रममा सहभागी भएको आरोप छ ।
यी बिषयमा हामिले यसको जबाफ स्थानिय संग माग्नुस हामी संग होइन, भनी जबाफ दिए । यहि समाचारको खण्डन गर्दै उनले उल्टै हाम्रो मिडियाको वेबसाईट र पेजलाई के गर्नु पर्छ । त्यसकोलागी उल्टो मुद्दा हाल्ने प्रतिक्रिया दिए । त्यस पश्चात् हामिले उनलाई फेरि स्थानियको गुनासो भएकोले स्थानिय संग छलफल गर्न अनुरोध गरे । यदि तपाईं दिनेश बुढाथोकी पिडित नै भए हामिले उनको पक्षमा पनि लेख्ने र कसैको चरित्र हत्या गर्ने लेखेको नभैइ स्थानियको धेरै गुनासो रहेको र यस भन्दा अगाडि पनि स्थानियको गुनासो आईरहेको र बिना प्रमाण हामिले नलेखेको उनलाई भने ।

अहिलेको अबस्थामा पार्टीको काममा कार्यालय बन्द गरेर हिडेको प्रमाण हामी संग सुरक्षित छ । त्यसकारणले सरकारको तलब खाएर जनताको सेवामा खट्नु पर्ने अबस्थामा पार्टीको सगठन बिस्तारमा लाग्नु उचित नहुने र स्थानीय स्वास्थ केन्द्र बन्द हुदा स्थानिय सामान्य उपचारको लागि अन्यत्र जानू पर्ने अबस्था आएकोले स्थानिय जनताले धेरै पटक गुनासो गरेका थिए । यसपटक पार्टी बिस्तारको कार्यक्रममा गएको प्रमाण आइसके पछि झन स्थानिय जनताले कर्मचारी दिनेश बुढाथोकी माथि अहिले मात्र होइन पटक पटक कार्यालय समय भित्र कार्यालयमा नभएर एमालेको झण्डा बोकेर कार्यक्रममा हिडेको आरोप लगाएको छ ।
उक्त समाचार सार्बजनिक भएपछि स्थानियले सत्य र यतार्थ रहेको बताएको छ । उता स्थानिय अध्यक्ष राम बहादुर थामी (नेकपा एमाले) गुडले संरक्षण गरिएको स्थानियको भनाई आएको छ । स्थानियले सत्य तथ्य छानबिन गरि कार्बाही प्रक्रिया अगाडि बढाउने र स्वास्थ जस्तो बिषयमा खेलवाड गर्न कसैलाई अधिकार नभएको बताएका छन । त्यसैले थामीचाँगुको जनताले पार्टीको झोला बोक्ने कर्मचारीलाई बहिष्कार गर्ने बताएका छन ।
स्वास्थकर्मी कार्यालय बन्द गरि पार्टीको कार्यक्रममा हिड्दा, उपचारको लागि अन्यत्र जानू पर्ने बाध्यता कहिले सम्म ? यसको जबाफ कसले सुन्ने ? सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।






















