देश

अमेरिकी सरकारले अफगानिस्तानको दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई फर्काउने

जगत ठाडा मगर
२०७८ साउन २९ | बिहान ०९:०४ बजे

काठमाडौ । अमेरिकी सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ ।

ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने निर्णय गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कर्मचारीहरुलाई योजनावद्ध रुपमा हटाउन लागिएको बताए । यसका बाबजुद दूतावास भने खुलै रहने उनले बताए ।

काबुलमा सुरक्षा अवस्था खराब हुँदै गएकाले दूतावासका कर्मचारीहरुको संख्या घटाउन लागिएको प्राइसले बताए । पेन्टागनका प्रवक्ता जोन किर्बिले दूतावासका कर्मचारी फर्काउन तथा अफगान–अमेरिका स्पेशल इम्मिग्रेन्ट भिसा (एसआईभी) निवेदकहरुलाई सुरक्षा प्रदान गर्न ३ हजार सेना पठाउन लागिएको पुष्टि गरे ।

सैनिकहरु अफगानिस्तानमा लामो समयसम्म नबस्ने उनले बताएका छन् । ‘यो साँघुरो फोकससहितको अस्थायी मिसन हो,’ उनले भने यद्यपि, आफूमाथि आक्रमण भएमा अमेरिकी सेनाले पनि जवाफ फर्काउने चेतावनी प्राइसले दिए ।

कमेन्टहरु