निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा शान्तिपूर्ण मतदान, २० प्रतिशत मत खस्यो

उमेश रोकाया
२०८२ फाल्गुन २१ | मध्यान्ह १२:११ बजे

बाजुरा, फागुन २१ । प्रतिनिधी सभा सदस्य निर्वाचनाका लागि आज अर्थात बिहीबार विहानबाट सुरु भएको मतदान शान्तिपूर्ण भइरहेको छ । यहाँको निर्वाचनमा कुल मतदाता संख्याको २४ हजार तीन मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

‎कुल ८७ हजार ८६१ मतदाता संख्याको उक्त मत खसेको हो । कुल मतदातासंख्याको २० प्रतिशत मत खसेको हो ।
‎यहाँका ७७ मतदास्थलका एक सय १८ मतदान केन्द्रमा २४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले मालिका टुडेलाई जानकारी दिएका छन् ।

‎उनले दिएको जानकारी अनुसार मध्यान्ह बजेसम्म २४ हजार मत खसेको बताउनु भयो । मतदान केन्द्रमा निर्वाचन कर्मचारीहरुले मतदातालाई सहज रुपमा मतदान गराइ रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।
‎निर्वाचनका बेला जिल्ला धाँधली र भयरहित वातावरणमा मतदान हुने र बुथ कब्जा गरेर फर्जी मत खसाउने जिल्लमा रुपमा परिचित भएकाले यो निर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

‎जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।
‎जिल्लाका सबै मतदान केन्द्रमा मतदाताहरु मतदान गरेर घर फर्किने गरेकाले कुनै पनि मतदान केन्द्रमा धााधली नभएको बताएका छन् ।

‎मतदाता न्युन आज भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा भन मतदाता न्युन सहभागी छन् । जिल्लाका अधिकांश मतदान केन्द्रमा न्युन मतदाताहरु नै मतदानमा भाग लिन आउने गरेका छन् । मतदान केन्द्रमा आएका मतदाताहरु भने दलप्रति आक्रोशित भएपछि कतिपय मत नै बदल्ने गरी मतदान गर्न आएको प्रतिक्रिया दिएका छन् । यहाँका ८७ हजार ८६१ मतदाता रहेका छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्

कमेन्टहरु