कपिलवस्तुको जनज्योति माध्यमिक विद्यालय संकरपुर मतदान केन्द्रमा ५५५ मत खस्यो
धर्मेन्द्र कुमार कुर्मी
२०८२ फाल्गुन २१ | मध्यान्ह ०१:११ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालय संकरपुर मतदान केन्द्रमा दिउसो १२:३५ बजेसम्म ५५५ मत खसेको छ।
उक्त केन्द्रमा जम्मा १९५८ जना मतदाता रहेका छन् ।हालसम्म खसेको मतमध्ये महिला २२१ जना र पुरुष ३३४जना रहेका छन्।
मतदान केन्द्रमा मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकारीले जानकारी दिएका छन ।






















