देश

लागु-औषध तस्करीलाई पुर्व गृहराज्य मन्त्री कण्डेलको संरक्षण, नेपाली सांसद “उर्फ मुन्ना बाबु” भारतमा भाईरल

नवलपुर टुडे
२०७८ साउन २९ | बिहान ०८:०४ बजे

काठमाडौं । ६ अर्ब ८६ करोड बराबरको लागू औषध नेपाल भारत सिमा नजिकै महाराजगंजको निचलौलमा गोदाम गरेर राखेको सुरागीका आधारमा भारतिय प्रहरी, भारतिय सिमा सुरक्षा बल लगायतको संयुक्त टोलीले छापा हानी बरामद गरेको थियो।

भारतबाट नेपाल लागू औषध अबैध तस्करी गराउने गिरोहका नाइके रमेश कुमार गुप्तालाई भारतिय प्रहरीले गिरफतार गरेपनि उनका भाइ गोविंद गुप्ता फरार रहेका छन। भारतीय मिडियामा आएका समाचार अनुसार गोविंद गुप्ता भागेर नेपाल छिरेको र नेपालका सांसद तथा पुर्व मन्त्री देबेन्द्र राज कण्डेलको संरक्षणमा रहेको भारतिय सुचना एजेन्सीहरुको दाबी छ।

पहिले पनि पटक-पटक गोबिन्द गुप्ता नाम गरेको ड्रग स्मगलरलाई नेता कडेलले संरक्षण गरेको समाचारहरुमा आएका थिए। गोबिंद गुप्ता नेपालमा पनि प्रहरीको वान्डेड लिष्टमा छन । गोबिंद गुप्ता र सांसद देबेन्द्र राज कण्डेल उर्फ मुन्ना बाबुको तस्वीर भारत भर भाईरल भएको छ । स्राेत : Cnnexpress

कमेन्टहरु