देश

पुर्ब प्रधानमन्त्री केपी ओली राजनितिक प्रणाली बारे अन्जान : गगन थापाको जिकिर

जगत ठाडा मगर
२०७८ साउन २९ | बिहान ०८:०४ बजे

आकाश मगर
उदयपुर । नेपाली काङ्ग्रेसका संसद तथा पुर्ब स्वास्थ्य मन्त्रीले केपी ओली राजनिती प्रणालिबारे अञ्जान रहेको बताएका छन ।

संसद पुनर्स्थापन पछि पहिलो पटक संसद भवन आएर बोलेका नेकपा एमालेका अधक्ष्य केपि ओलिले हिजो बुधबार प्रधानमन्त्री शेर बहादुर देउबा र नेकपा माओबादी केन्द्रका अधक्ष्य प्रचण्ड माथी निकै कडा आक्रोश पोखेका थिए । निकै कडा स्वाभाबमा प्रस्तुत भएका ओलिले कोरोना बिरुद्वको खोप, लिम्पियाधुरा लिपुलेकको भुमी फिर्ता, मन्त्रीमण्डल गठन र एमसिसिको बिषयमा साकारको आलोचना र चुनौती तेर्साएका थिए ।

ओलिको प्रश्न लक्षित जवाफमा आज नेपाली काङ्ग्रेसका संसद गगन कुमार थापाले गतिलो जवाफ फर्काएका छन । २०७७ जेष्ठ ३१ गते सम्पुर्ण सांसदहरु एक भएर साथ दिदा र संविधान संसोधनमा समेत साथ दिदा ओलिले भुमी फिर्ता नगरेको बरु गोप्यरुपमा भारत संग बार्ता छलफल गरि सुचना लुकाएको र त्यति धेरै सांसदको साथ हुदा समेत ओलि आफैले किन भुमी फिर्ता नगरेर के हेरेर बसेको भनेर प्रश्न गरेका छन ।

एमसिसिको बिषयमा ओलि सरकारकै पालामा बहुमत हुदा समेत पास नगरेर अहिले देउवालाई किन एमसिसी टेबल नगरेको भन्न सार्है हास उठ्दो कुरा, र ओलिको कुण्ठा भएको बताउदै आफ्नो पालामा ओलिले भ्रष्टचारिको संरक्षण गरेको, कार्बाही नगरेको र उनिहरुको बचाउ गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई समेत पङ्गु बनाएको ओलिले बर्तमान सरकारलाई भ्रष्टचारिलाई किन कार्बाही नगरेको भन्दा आफु एकछिन ओलिलाई देखेर झुक्कीएको बताए ।

थापाले भने ओलि सत्तामाहुदा अनुसासनहिन भएको र जे गर्न मन लाग्यो त्यही गरेको, प्रतिपक्षको कुरा नसुन्ने ब्याक्तिबादी चिन्तन भएको र प्रतिपक्षिको आलोचना सहन नसकेर संसद बिघटन गरि प्रतिपक्षलाई आउट गरेको आरोप लगाए। आफ्नो स्वास्थ्य उपचार गराउन राज्य सङ्ग हात फौलाउने केपि ओलिले, सरकाले घाईते योद्वाहरुको उपचार नगरेको भन्दै ,घाईते योद्वाहरुलाई एमालेको पार्टी कार्यलयमा आउन र एमालेले घाईतेको उपचार गर्छ भन्दा आफुलाई उदेक लागेको सांसद थापाले बताए ।

सरकारलाई जनपक्षीय बन्न र ओलिको सरकार जस्तै गफाडी नबन्न भन्दै ,जनताले काममा बिस्वास गर्ने तर गफमा बिस्वास नगर्ने भएकोले यो कार्यकालमा प्रतिपक्षको कुरालाई सम्मान गर्दै अगाडि बन्न पर्ने सुझाब उनले सरकारलाई दिए । ओलिलाई प्रतीपक्षको भुमिका सार्है सुहाएकोले सधै सदनमा आईरहन प्रश्न राखिरहन पर्ने र प्रश्नहरुले नै सदनलाई जिवन्त बनाउने बताए । अर्को चुनाबमा ओलिले चुनाब जिते पनि ओलिलाई प्रतिपक्षको भुमिका सुहाउने भएकोले फेरि त्यही भुमिका दिने थापाले बताए ।

देउबाको सरकारलाई परमादेशको सरकार र ओलिले आफ्नो सरकारलाई जनमतको सरकार, जनताले प्रधानमन्त्रीत्व बनाएको भन्दै गर्दा ओलिलाई राजनिती प्रणाली थाहा नभएको भन्दै ओलिलाई राजनिती प्रणाली सिकाएका थिए । प्रधानमन्त्री जनताले चुन्ने होइन तर जनताले सांसद चुन्ने र बहुमत सांसदले प्रधानमन्त्री बनाउने भएकोले जनमत प्राप्त प्रधानमन्त्री भन्ने गरेको ओलिलाई राजनिती प्रणाली थाहा नभएको उनले जिकिर गरे।

कमेन्टहरु