सिरहामा ३ दिने पत्रकारिता तालिम सुरु, ७० जना भन्दा बढी सहभागी


नवलपरासी । सिरहा जिल्लाकाे लहान स्थित उधाेग वाणिज्य संघकाे सभा हलमा जनबाेलीकाे लागि ३ दिने पत्रकारिता तालिम एक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ ।

नेपाल पत्रकार महासंघ सिरहा र मधेस मिडिया मिसन केन्द्रीय कार्यालयकाे आयाेजनामा पत्रकारिता तालिम सुरु भएकाे हाे भने, नेपाल पत्रकार महासंघ सिरहाकाे पुर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताकाे सभापतित्वमा कार्यक्रमकाे उद्घाटन भएकाे छ ।

कार्यक्रममा अतिथिको रुपमा मानव अधिकारकर्मी राजकुमार राउत, समाजसेवी केदारनाथ यादव, अधिकारकर्मी हरिनारायण मण्डल, पश्चिम नवलपरासीका पत्रकारद्वय सुरेश यादव र महेश यादव रहनुभएको थियो । पत्रकारिता तालिममा ७० जना भन्दा बढी स्थानिय पत्रकारहरु सहभागिता रहेकाे थियाे ।

कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सिरहा सदस्य तथा नवलपुर टुडेका प्रदेश २ का प्रमुख बिनाेद मण्डलले गर्नुभएकाे थियाे ।























