अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाले काेभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे ताैलिहवामा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाले काेभिड १९ काे तेस्रो लहरलाई नियन्त्रणकाे लागि माक्स वितरण गरेको छ ।

युवाले राष्ट्रकाे विकासकाे काम सगै, सामाजिक काम पनि गरिरहेकाे कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता बताउनु भयो ।
अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा याेगदान राष्ट्रकाे लागि कपिलवस्तुको बाटाेमा विना माक्स लगाएर हिड्ने मान्छेहरुलाई माक्स वितरण र काेभिड १९ लाई नियन्त्रणमा अलि सहयोग हुन्छ, याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा संयोजक मोहम्मद इरफान मन्सुरीले भन्नू भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीले सुरक्षा र माक्स वितरणमा सहयोग समेत गर्नु भएको हाे । याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाकाे अायाेजना र डायनामिक सामाजिक विकास संस्था, कपिलवस्तु नगरपालिका, लुम्बिनी अपाङ्गता विकास केन्द्रकाे समन्वयमा काेभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता, पदम राज श्रेष्ठ – कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी, लुम्बनी अपाङता विकास केन्द्रका ओरिराम चौरसिया, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका नायव निरक्षक चित्र वीर केसी र याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाकी सल्लाहकार बबिता, सन्चारकर्मी र प्रहरी लगायत अन्य ब्यक्तीहरुको उपस्थिति रहेको थियो !























