प्रबास

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल यी १५ देश छोड्न निर्देशन

रामएकवाल राम
२०८२ फाल्गुन १९ | बिहान ०७:११ बजे

कतार (दोहा) । आक्रमणका बीच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई तत्काल ती देशहरू छोड्न आग्रह गरेको छ।

कन्सुलर मामिलाकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकलाई उपलब्ध व्यावसायिक उडान वा अन्य सुरक्षित माध्यम प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट तत्काल छोड्न निर्देशन दिइएको हो।

इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को मृत्युको खबरपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको बताइएको छ।अमेरिकी सरकारले आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राख्दै उक्त ट्राभल एडभाइजरी जारी गरेको जनाएको छ।

कमेन्टहरु