आसन्न निर्वाचनपछि कांग्रेस सबैभन्दा ठुलो दल बन्छ: उपसभापति शर्मा

नवलपुर टुडे
२०८२ फाल्गुन १८ | मध्यान्ह ०७:११ बजे

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठुलो दलको रुपमा उदय हुने बताएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।
पार्टी निर्वाचन परिचालन समितिकी संयोजक समेत रहेका उपसभापति शर्माले दोस्रो ठुलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा ग रे। उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने आकलन पनि आफूहरुले गरेको बताए ।

















