अवैधानिक नेपाल थामी समाजको नेतृत्व बाट चरम लापरबाही


शब्दकोश विमोचन सम्बन्धमा, मैले विगत केही समयदेखि यता सम्पुर्ण थामी समुदायको भाषिक हक, हितको लागि भनेर विभिन्न सरकारी तथा गैह्र सरकारी सँघ-सँस्थासँग समन्वय गर्दै कोशविज्ञानमा आधारित थामी भाषाको पहिलो शब्दकोश निर्माणको लागि शब्द सङ्कलन गर्दै आएको कुरा तमाम थामी समुदायलाई अवगतै छ।

यसै बीचमा जब हामीले थामी भाषाका शब्द सँकलन गरेर प्रथम मस्यौदाको इलेक्ट्रोनिक कपि भाषा आयोगलाई बुझायौँ त्यसको केही समयवादमै ११ जुन २०२१ गतेका दिन नेपाल थामी समाजको अध्यक्ष शूकवीर थामी ज्यूले भाषा आयोगमा आक्रामक तवरले प्रस्तुत भई अनअफिसियल्ली त्यो सबै मस्यौदाहरू लिए र त्यसको ठ्याक्कै अठार दिन पछि २८ जुन २०२१ का दिन नेपाल थामी समाजको फेसबुक पेजमार्फत #थामी नेपाली शब्दकोशको नाम राखेर विभिन्न व्यक्तिको नामसहित एक शब्दकोश बाहिर पब्लिकमा ल्याएको कुरा पनि यहाँहरू सम्पूर्णलाई अवगतै छ र हाम्रो शब्दकोश पनि द्वैभाषिक शब्दकोश नै हो। यानिकि थामी नेपाली शब्दकोश, त्यो पोस्ट पनि केही समय नबित्दै फेसबुक पेजबाट डिलिट गरिएको कुरा पनि सबैलाई अवगतै छ।


तसर्थ, यहाँ मलाई सँका लागेको कुरा के छ भने:
१) अहिलेसम्म नेपाल थामी समाजले शब्दकोशको लागि कुनै खोज अनुसन्धान गरेको वा खोजेको वा त्यसको प्रकृयामा रहेको कोही कसैलाई जानकारी नै छैन। त्यसो भए यो शब्दकोश कसरी प्रकाशन गरे?
२) जो व्यक्तिहरूको नाम यो शब्दकोशमा छ तिनीहरूले कहीँ कतै शब्द सङ्कलन गरेको जानकारी नै छैन। त्यसो भए कसरी उनीहरू खोज अनुसन्धान कर्ता भएर शब्दकोशमा उनीहरूका नाम छाप्पिए?
३) जब भाषा आयोगबाट हाम्रो तयारी मस्यौदा लिए त्यसको १८ दिनमा त प्रकाशन मात्र हैन, विमोचन गरेर पनि वितरण गर्न भियाउने समय हो। तसर्थ कहीँ हाम्रो शब्दकोश बागमती प्रदेशबाट परेको २२ लाख बजेड निकासा गर्नको लागि नै आक्रमक तवरले प्रस्तुत भई त्यही शब्दकोश छापिएको त हैन? यहाँ संका छ मलाई
मैले संका गर्नु जायज छ र मैले गरेको संका अनुसार नै भयो होला भनेर चाहिँ म भन्न सक्दिनँ।
त्यसको लागि चाँडो भन्दा चाँडो यो शब्दकोश विमोचन गरीयोस् र सत्य तथ्य बाहिर तमाम थामी समुदायमा आओस भन्ने मेरो माग छ। यदि यो शब्दकोश हाम्रै शब्दकोशबाट साभार वा हु-बहू कपि गरी छापिएको रहेछ भने त्यसको लागि कानूनि प्रकृया अपनाउन हामी बाध्य हुनेछौँ।

४) २८ जुनमा बाहिर ल्याइएको शब्दकोश अहिले अगस्टसम्म पनि विमोचन नगर्नूको पछाडिको कारण कतै यो शब्दकोश रमेश थामीको हातमा पुग्छ कि भनेर त होइन? नत्र यति लामो समयसम्म विमोचन नगर्नुको पछाडिको कारण के हुन सक्छ?
[नोट: यो शब्दसङ्कलनको लागि सर्वप्रथम मैले नेपाल थामी समाजको अध्यक्ष शूकविर थामीलाई नै भनेको हो। तर उनी बिकेशको इशारा बाहेक अरु कुरामा नचल्ने रहेछन्। त्यो कुरा थाहा पाए पछि मैले अर्को सँस्थासँग समन्वय गरेर काम गरेको हो। शुकवीर जीको नाममा अघिल्लो आर्थिक वर्षमै भाषा आयोगका आदरणीय सचिव लक्ष्मी प्रसाद भट्टराई सरले पत्र काट्नु भएको थियो। त्यो पत्र मसँग सुरक्षित छ। आवश्यक परेको बेला प्रस्तुत गरौँला।]
बाँकि कुरा तलाका फोटाहरूले प्रस्तुत गर्नेछ। अहिलेलाई कलम बन्द।
साहित्यकार:- रमेश थामी






















