देश

महाधिवेशनको सुनिश्चिताको माग गर्दै प्रधानमन्त्री देउवालाई युवा नेताहरुको ज्ञापनपत्र

जगत ठाडा मगर
२०७८ साउन २८ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले महाधिवेशनको सुनिश्चिताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञानपत्र बुझाएका छन् ।

बिहीबार केन्द्रीय समिति बैठक सुरु हुनुभन्दा अगाडि बुढानिलकण्ठमा ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण नेतृत्वको टोलीले सभापति देउवालाई तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गरी १४ औं महाधिवेनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानविनको समेत माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिन र कार्यकाल सकिएका भ्रातृंस्थाको अधिवेशन गर्ने वातावरण सिर्जना गरिदिन पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका थिए ।

साथै उनले सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने जानकारी युवा नेताहरुलाई दिएका थिए । सभापति देउवालाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरु पार्टी कार्यालय अगाडि धर्ना बसेका थिए ।

कमेन्टहरु