देश

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

जगत ठाडा मगर
२०७८ साउन २८ | मध्यान्ह ०६:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथ ग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेतासमेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

केसीलाई प्रदेशसभाका ४२ जना सांसदहरुले समर्थन गरेका छन् ।

कमेन्टहरु