विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

नवलपुर टुडे
२०८२ फाल्गुन १७ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन १७। मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ ।
कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि सङ्घले व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सङ्घले अप्ठ्यारोमा पर्नुभएका यात्रुलाई सङ्घमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।






















