देश

काँग्रेस सभापतिको उम्मेदवारी दर्ताका लागि रु ३० हजार शुल्क प्रस्ताव

जगत ठाडा मगर
२०७८ साउन २८ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि दर्ता शुल्क रु ३० हजार प्रस्ताव गरिएको छ ।

बिहीबारदेखि सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो । यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क रु २० हजार मात्र रहेको थियो ।

यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि रु २५ हजार, महामन्त्रीका लागि रु २० हजार, सहमहामन्त्रीका लागि रु १५ हजार र केन्द्रीय सदस्यका लागि रु १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ।

कमेन्टहरु