निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध

उमेश रोकाया
२०८२ फाल्गुन १७ | मध्यान्ह १२:११ बजे

बाजुरा, फागुन १७ । जिल्ला प्रशासन कार्यालय बाजुराले  जिल्लाभित्र मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।

‎आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगको फागुन १३ गतेको निर्णय, जिल्ला निर्वाचन सुरक्षा समितिको फागुन १३ को निर्णय र गृह मन्त्रालयको फागुन १४ गतेको निर्णय (सचिवस्तर) बमोजिम फागुन १७ गते राती १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि यस जिल्लाभित्र मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।

सम्बद्ध सबै व्यवसायी वितरक एवम् आम सर्वसाधारणले यसै सूचनालाई आधार मानि मादक पदार्थको विक्री वितरण, ओसारपसार र सेवन नगर्नु नगराउनु हुन सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

कमेन्टहरु