निहत्था नागरिकहरुकाे हत्या गर्ने अपराधीहरुलाई माफी दिनु हुदैन : विद्यार्थी नेता मुक्ति गैरे


काठमाडौं । निहत्था नागरिकहरुकाे हत्या गर्ने अपराधीहरुलाई माफी दिन नहुने विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले बताएका छन् । उनलेे आज ईरानमा भएको अमेरिकी-इजरायल आक्रमण प्रति लक्षित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनलेे व्यक्त गरेको धारणा जस्ताको त्यस्तै : `मानव अपराधीहरु अनेकौं बाहानामा पटकपटक विश्व शान्ति भंग गरिरहेका छन्, आँतक मच्चाई रहेका छन् र बर्बरतापुर्वक मानव हत्या गरिरहेका छन् ।
विद्यालयहरुमा निहत्था विद्यार्थी माथि प्रहार गरि युद्ध अपराध मच्चाईरहेका छन् यस्ता मानव अपराधीहरुकाे समुल नष्ट जरुरी छ । निहत्था आम नागरिकहरुकाे हत्या गर्ने अपराधीहरु जाेसुकैलाई पनि माफी दिनु हुदैन । हामी शान्ति चाहान्छाैं हाम्रो शान्तिकाे चाहनालाई भंग नगर्न चेतावनी दिन चाहान्छाैं, शान्तिवादी र मानवतावादीहरु युद्ध अपराधका विरुद्धमा उठाैं, जुटाैं, विश्व शान्ति बन्धुत्वकाे एकता कायम गर्दै अगाडि बढाैं ।
मुक्ति गैरे
संयाेजक
विद्यार्थी स्वयंसेवक नेपाल
केन्द्रीय समिति
मिति २०८२/११/१६ गते´






















