देश

वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा

जगत ठाडा मगर
२०७८ साउन २८ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रियसभामा वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह, पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए । उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए ।

शर्माले भने,`मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह–पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कतिवटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको अवस्था के छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डाटामा जे छ, त्यही प्रस्तुत गरेको छु ।´

उनले प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ । कतै डाटामा फरक परेको रहेछ भने त्यसको जिम्मा लिन्छु । कुनै आग्रह–पूर्वाग्रह छैन । भएका गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु´ भनेका छन् । उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको र यसको निर्णय भने संसदले गर्ने बताए ।

बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताए । उनले भने, बजेट अध्यादेश मार्फत् नल्याउनुपर्थ्यो ल्याइयो तर पनि सरकारको निरन्तरताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकाले संसदमा प्रस्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ, यहाँहरुले गर्नुहुनेछ´

शर्माले थप्दै भने त्यसलाई संशोधन, परिमार्जन, प्रतिस्थापनका कुरा संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन ।´

उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै प्रदेश र पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयहरुलाइ सुधार गरिने धारणा व्यक्त गरे ।

कमेन्टहरु