पुरानो सरकारले हनुमानमात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो : सांसद गजेन्द्रबहादुर महत


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा कुलमान घिसिङको पुन:नियुक्तिमाथि प्रश्न उठाएका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महतले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे । उनले भने ‘पुरानो सरकारले हनुमानमात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन।´
महतले थप्दै हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । यसको मतलब कुलमानले प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन् । तर कुलमान बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ?´ भनी प्रश्न उठाए ।
उनले प्रश्न गरे कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? बिद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स छैन, अरु संस्थान डुबेका छैनन् ? खाली किन कुलमान मात्रै ?´






















