देश

जुम्लामा भालुको आक्रमणबाट २ जना घाइते

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ११:०४ बजे

जुम्ला । बिहीबार बिहान जुम्लामा भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया भालुको आक्रमणबाट घाइते भएको जुम्ला प्रहरीले जनाएको छ ।

उनीहरु बिहान घरबाट बाहिर निस्कने क्रममा भालुले आक्रमण गरेको हो । अहिले दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको बताइएको छ ।

भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका ५ कार्किबाडामा पसेको थियो । जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी र सशस्त्र प्रहरी भालुको खोजीमा जुटेपनि अझै फेला पार्न सकेको छैन ।

त्यसैले खलंगा बजारका अरु स्थानीयमाथि पनि आक्रमण गर्न सक्ने भन्दै सतर्क हुन स्थानीयवासीलाई आग्रह गरेको थापाले बताए ।

कमेन्टहरु