Opens in a new tab

समाज

स्वर्गीय पत्रकार पाटाको स्मृतिमा फोनिज रुपन्देहीले कुष्ठरोगबाट प्रभावितलाई खाद्यान्न तथा फलफुल वितरण

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह ०६:११ बजे

बुटवल । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको संस्थापक अध्यक्ष स्व.देव बहादुर पाटाको १७ औ स्मृतिमा फोनिज रुपन्देही जिल्लाले कुष्ठरोगबाट प्रभावितलाई खाद्य तथा फलफुल वितरण गरिएको छ । बुटवल- १३ स्थित कल्याण समितीलाई रुपन्देही फोनिजले खाद्यान तथा फलफुल बितरण गरेका हुन ।

फोनिज रुपन्देही जिल्ला अध्यक्ष मीन रानाको अध्क्षयतामा प्रमुख अतिथि फोनिज केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरु राना, केन्द्रीय संघिय सचिब मिलन गाहा, केन्द्रीय लेखा सदस्य प्रविण गाहा, प्रदेश महासचिव सनु थापा, फोनिज रुपन्देही पूर्व अध्यक्ष भीम गुरुङको उपस्थितिमा कुष्ठरोगीप्रभावितलाई खाद्यान्न र फलफुल वितरण गरिएको फोनिज रुपन्देहीका सचिव आकृति थापा मगरले नवलपुर टुडेलाई जानकारी दिएका छन ।

साथै सो कार्यक्रममा ,फोनिज प्रदेश पुर्व सदस्य लक्ष्मण राना, फोनिज रुपन्देही पुर्व कोषाध्यक्ष गोविन्द घर्ती र स्व .देव बहादुर पाटाका श्रीमती नारायणी पाटा लगायत उहाँको आफन्तजनको पनि उपस्थिति रहेका थिए । फोनिज रुपन्देहीले स्वर्गीय पत्रकार देव बहादुर पाटाको स्मृतिमा अघिल्लो बर्षमा पनि कुष्ठरोगबाट प्रभावितलाई खाद्यान्न र फलफुल बितरण गरिएको थियो ।

कमेन्टहरु