छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा र काका पक्राउ


पर्वत । पर्वतमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पीडितका बुबा र काकालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते ४४ वर्षीया बुबाले र साउन २३ गते ३६ वर्षीय काकाले बलात्कार गरेको हो । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा खुल्नमा आएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण भने गोप्य राखिएको छ।






















