राजनीति

महान सहिदहरूको सपना पुरा गर्न निरन्तर संघर्षको बाटोमा अघि बढौं : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह ०३:११ बजे

काठमाडौं । महान विद्यार्थी सहिद दिल बहादुर रम्तेल अमर छन् भन्दै विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले आज सार्वजनिक वक्तव्य जारी गर्दै बताएका छन् । आज कै दिन जनयुद्धकाे दाैरानमा तत्कालीन शाही प्रहरीले गाेरखामा विद्यार्थी दिल बहादुर रम्तेललाई गाेलि हानि हत्या गरेको थियो । साे घटनालाई लिएर क्रान्तिकारी प्रगतिशिल विद्यार्थी आन्दाेलन र जनयुद्धकर्ताहरुले प्रथम सहिदका रुपमा मान्ने गर्छन । साेहि दिनलाई स्मरण गर्दै विद्यार्थी नेता मुक्ति गैरेले `शैक्षिक, मौलिक र संवैधानिक अधिकारका निमित्त आवाज बुलन्द गर्ने क्रममा आजकै दिन विक्रम सम्वत् २०५२ साल फागुन १४ गते गोरखामा हत्या गरिनु भएका महान विद्यार्थी सहिद दिल बहादुर रम्तेल प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँ लगायत सम्पुर्ण विद्यार्थी सहिदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै नेपालको विद्यार्थी आन्दोलन र हरेक अग्रगमनका आन्दोलनहरू भ्रष्टाचार, कुशासन, फासिष्जम र अत्याचारी शासन व्यवस्थाहरूको परिवर्तनका निमित्त लडिरहनु भएका सम्पूर्ण विद्यार्थी वेपत्ता योद्धाहरूलाई विशेष स्मरण गर्दछौं। घाइते विद्यार्थीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। झुठो मुद्दामा फासिष्जम राज्य व्यवस्थाको सकारको जनदमनमा पर्नु भएका सम्पूर्ण बन्दी विद्यार्थीहरूको यथासिघ्र र बिनासर्त रिहाइको माग गर्दछौं। सहिद, वेपत्ता, घाइते र बन्दी परिवारजनहरूलाई उच्च सम्मान व्यक्त गर्दछौं। हाम्रो शैक्षिक, मौलिक र संवैधानिक अधिकार पुर्ण रुपमा प्राप्त नहुन्जेलसम्म हामीले पनि दिल बहादुर रम्तेल लगायत थुप्रै महान विद्यार्थी साथीहरूले गर्नु भएको त्याग, समर्पण र बलिदानीको बाटो निरन्तर पछ्याउने पुनः प्रतिबद्धता जाहेर गर्दछौं। यस महान कार्यहरूमा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण विद्यार्थी योद्धाहरू अमर रहनु भएको छ, वेपत्ता, घाइते र बन्दीहरू र उहाँहरूका परिवारजनहरू महान हुनु भएको बताए । उनलेे वक्तव्यमा भनेका छन् : `हामीले शिक्षा देशको प्रत्येक कुनाकाप्चामा पुग्ने गरि सरकार सँग माग गर्दै विद्यार्थी संगठन स्थापनाकाल देखि नै उच्च माध्यमिक तह सम्मको समान प्राविधिक र व्यवसायीक शिक्षा अनिवार्य निशुल्कका लागि संघर्ष गर्दै आईरहेका छौं। स्वाभिमानी नेपाली भाषा र शिक्षा, उत्पादन र आम्दानी, इतिहास र संस्कृति लडेर बनाएको मातृभूमिको रक्षा गर्दै राष्ट्रियताको रक्षाका निमित्त निरन्तर संघर्षमा समेत गरिरहेका छौं । देशको कहालीलाग्दा परीदृश्यले हाम्म्रो मन सुखले निदाउन सकेको छैन् र निदाउन दिएको छैन्। महान सहिद, वेपत्ता योद्धा, घाइते/अपांगहरूको सपना पुरा गर्न निरन्तर संघर्षको बाटोमा अघि बढौं।´उनलेे जारी गरेको वक्तव्य जस्ताको त्यस्तै :

`महान विद्यार्थी सहिद दिल बहादुर रम्तेल अमर छन् ।

शैक्षिक, मौलिक र संवैधानिक अधिकारका निमित्त आवाज बुलन्द गर्ने क्रममा आजकै दिन विक्रम सम्वत् २०५२ साल फागुन १४ गते गोरखामा हत्या गरिनु भएका महान विद्यार्थी सहिद दिल बहादुर रम्तेल प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँ लगायत सम्पुर्ण विद्यार्थी सहिदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै नेपालको विद्यार्थी आन्दोलन र हरेक अग्रगमनका आन्दोलनहरू भ्रष्टाचार, कुशासन, फासिष्जम र अत्याचारी शासन व्यवस्थाहरूको परिवर्तनका निमित्त लडिरहनु भएका सम्पूर्ण विद्यार्थी वेपत्ता योद्धाहरूलाई विशेष स्मरण गर्दछौं। घाइते विद्यार्थीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। झुठो मुद्दामा फासिष्जम राज्य व्यवस्थाको सकारको जनदमनमा पर्नु भएका सम्पूर्ण बन्दी विद्यार्थीहरूको यथासिघ्र र बिनासर्त रिहाइको माग गर्दछौं। सहिद, वेपत्ता, घाइते र बन्दी परिवारजनहरूलाई उच्च सम्मान व्यक्त गर्दछौं। हाम्रो शैक्षिक, मौलिक र संवैधानिक अधिकार पुर्ण रुपमा प्राप्त नहुन्जेलसम्म हामीले पनि दिल बहादुर रम्तेल लगायत थुप्रै महान विद्यार्थी साथीहरूले गर्नु भएको त्याग, समर्पण र बलिदानीको बाटो निरन्तर पछ्याउने पुनः प्रतिबद्धता जाहेर गर्दछौं। यस महान कार्यहरूमा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण विद्यार्थी योद्धाहरू अमर रहनु भएको छ, वेपत्ता, घाइते र बन्दीहरू र उहाँहरूका परिवारजनहरू महान हुनुहुन्छ ।

हाम्रो देश यतिबेला गम्भीर मोडमा आई पुगेको छ, सरकारलाई बेला बेला बुझाएका ध्यानाकर्षण पत्र, मागपत्र र ज्ञापनपत्रहरू बारे सरकारले सुनिरहेको छैन्, पुरा गरेको छैन्। हामीले शिक्षा देशको प्रत्येक कुनाकाप्चामा पुग्ने गरि सरकार सँग माग गर्दै विद्यार्थी संगठन स्थापनाकाल देखि नै उच्च माध्यमिक तह सम्मको समान प्राविधिक र व्यवसायीक शिक्षा अनिवार्य निशुल्कका लागि संघर्ष गर्दै आईरहेका छौं। राष्ट्रियता हाम्रो पहिचान र चिनारी भएकोले हामी अग्रजहरूले राष्ट्रनिर्माण र रक्षाका निमित्त प्रदर्शन गर्नु भएको त्याग, समर्पण, बलिदान, विरता र बहादुरीपन सहित स्वाधीनताको लडाइँको नेतृत्वकर्ताहरू भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापा लगायत र गौतम बुद्ध, अंशु वर्मा, सिता, पासाङ ल्हामु शेर्पा, शंखधर साख्वाः, फाल्गुनन्द र जयपृथ्वीबहादुर सिंहहरूले निर्माण गर्नु भएको स्वाभिमानी नेपाली भाषा र शिक्षा, उत्पादन र आम्दानी, इतिहास र संस्कृति लडेर बनाएको मातृभूमिको रक्षा गर्दै राष्ट्रियताको रक्षाका निमित्त निरन्तर संघर्षमा समेत गरिरहेका छौं ।

अहिलेसम्मका सरकारहरू राष्ट्रघात, जनघात, कुशासन र भ्रष्टाचार र जनदमनमा तल्लीन छन्, प्रत्येक पटक बनेका सरकारहरूले राष्ट्रियता माथि प्रहार गर्दै विदेशीहरूको ईसारामा राष्ट्रघात गरिरहेका छन्, अहिलेको सरकार पनि जनपक्षीय नागरिकको सरकार नभएर हाम्रा राष्ट्रिय सम्पत्तिहरू भाषा, शिक्षा, कला, संस्कृति, उत्पादन, आम्दानि र ऐतिहासिक सम्पदाहरू माँसेर ध्वस्त बनाएर, जेलका कुख्यात अपराधीहरूलाई भगाएर हत्या, हिंसा र बलत्कार जस्ता कुकर्महरू गर्न लगाएर, युवा, विद्यार्थी, बालबालिका र नागरिकहरूलाई अति पिडा दिएर जन्मिएको विदेशीहरूको कठपुतली सरकार हो। अहिलेसम्मका सरकारहरूले महान विद्यार्थी योद्धा र नागरिकहरूलाई बारम्बार धोका दिदै जनघात गरिरहेको छ, जनजिविकालाई तहसनहस बनाउदै कुशासनको बाटोमा तल्लीन हुदै भ्रष्टाचार गर्दै उल्टै पद, पावर, परिवार र पैसाको आडमा सिण्डिगेट खडा गरेर हत्या, दमन, बलत्कार, छुवाछूत र निषेधाज्ञा जारी गरिरहेको छ। सुशासनको खिल्ली उडाउदै जघन्य अपराधहरूमा संलग्न कुख्यात अपराधीहरूलाई आम माफि दिदै आईरहेको छ, उन्मुक्ति दिईरहेको छ, हाम्ना राष्ट्रिय सम्पत्तिहरू भाषा, शिक्षा, कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादन, आम्दानि, पहिचान र चिनारीहरू ध्वस्त पारिएको छ, जल, जङ्गल, जमिन र पानी बेचिएको छ, हाम्रा उत्पादित दक्ष युवा जनशक्तिहरू पलायन गरिएको छ, युवा-विद्यार्थीहरूलाई विदेशमा बेचिएको छ, महिला दिदीबहिनीहरूलाई नियन्त्रणमा लिई हिंसा, बलत्कार र हत्या गर्दै बेचेका छन्, मानव तस्कर गरिरहेका छन्, किसान, मजदुर र सुकुम्बासीहरूलाई वित्तीय आँतक थोपरेर प्रताडित पार्दै जीवन-मरणको दोसाधमा पुऱ्याइएको छ। यी सबै देशको कहालीलाग्दा परीदृश्यले हाम्म्रो मन सुखले निदाउन सकेको छैन् र निदाउन दिएको छैन्। सरकारलाई पटकपटक हामीले ध्यानाकर्षण पत्र, मागपत्र र ज्ञापनपत्र मार्फत संम्बोधन गर्न अनुरोध गर्यो र अहिलेसम्म गरिरहेका छौं तर सरकार सुनेको नसुने गरेर जनदमन तिर उद्धत छ, घरपकड तिर तल्लीन छ, झुठो मुद्दा लगाउदै नागरिक आँतक मच्चाउदै छ। तसर्थ देश र जनताको निमित्त भनेर अहिलेसम्म सहादत प्राप्त गर्नुभएका महान सहिद, वेपत्ता योद्धा, घाइते/अपांगहरूको सपना पुरा गर्न निरन्तर संघर्षको बाटोमा अघि बढौं। देश र जनताको पक्षमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षाको निमित्त अघि बढ्न समेत हार्दिक आह्वान गर्दछौं ।

WhatsApp Image 2026 02 26 at 15.30.33

मिति २०८२/११/१४ गते
संयोजक : मुक्ति गैरे

कमेन्टहरु